बैतडीको खोडपेमा निर्माण गरिएको ट्रमा सेन्टर र पेट्रोल पम्प संचालनमा ल्याउनको लागि पहल गर्ने प्रतिनिधिसभा सदस्य केपि खनालले आश्वासन दिएका छन् ।
बैतडीबाट धनगढीतर्फ जादैगर्दा यहाँका स्थानीय एवं सरोकारवाला प्रतिनिधिहरुसङ्गको छलफलमा ट्रमा सेन्टर र पेट्रोल पम्प संचालनको लागि पहल गर्ने आश्वासन दिएको पाटन-८ का वडा अध्यक्ष हरिश बिष्टले जानकारी दिए ।
“दुर्घटनाग्रस्त क्षेत्रमा ट्रमा सेन्टर आवश्यक नै हो, यसलाई प्रयोगमा ल्याउनुपर्छ, यश विषयमा बुझ्छु, अनि एक जना युवकले ९ वर्षदेखि पेट्रोल पम्प संचालनको लागि अनुमती माग्दै आएका छन्, यसको फाइल म बोकेर मन्त्रालय जान्छु,” खनालले भने ।
पुर्वाधारको क्षेत्रमा राज्यले प्राथमिकताकासाथ बजेट बिनियोजन गरेकाले निर्माणका काममा ढिलाइ नहुने प्रतिनिधिसभा आदस्य खनालले बताए ।
प्रतिक्रिया जनाउनुहाेस्













