बैतडीमा घाँस काट्ने क्रममा माथिबाट खसेको ढुङ्गा लागेर एक जनाको मृत्यु

Image

बैतडी:बैतडीमा घाँस काट्ने क्रममा माथिबाट खसेको ढुङ्गा लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको दशरथचन्द नगरपालिका-१ कि २२ वर्षीय अस्मिता भट्टको घटनास्थलमै मृत्यु भएको हो ।

सोमबार बिहान करिब ९ः३० बजे सुर्नया गाउँपालिका–२ कैलडाँडा क्षेत्रमा घाँस काटिरहेका बेला माथिबाट खसेको ढुङ्गा लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता,प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिनुभयो ।

मृतक भट्टको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल बैतडीमा राखिएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया जनाउनुहाेस्