पाटन-१०स्थिति ब्रहम आविमा तालाबन्दी, शिक्षक नियुक्त निस्पक्ष नभएको आरोप

Image

बैतडी: बैतडीको पाटन नगरपालिका-१० स्थित ब्रहम आधारभूत विधालयमा तालाबन्दी गरिएको छ । शिक्षक नियुक्तिमा पारदर्शीता नभएको भन्दै विधालयको कार्यालय कक्षमा तालबन्दी गरिएको हो ।
हिजो आइतबार मात्रै पाटन नगरपालिकामा आधारभूत तहको नेपाली विषयको शिक्षक नियुक्तिमा निस्पक्ष नगरिएकोभन्दै सोमबार बिहान अनुत्तीर्ण भएका परीक्षार्थी यशोदा भट्टले  तालाबन्दी गरेकी हुन् । तालबन्दीमा अर्का आवेदक सुरेश प्रशाद पन्तले पहि सहमति जनाएका छन् ।

आइतबार भएको परीक्षामा राधिका कुमारी पन्त सफल भएर शिक्षक छनौट भएकी थिइन् ।
परीक्षामा राधिका कुमारी पन्तसहित यशोदा भट्ट, सुरेश प्रशाद पन्त र मानमती अवस्थी पन्त सहभागी भएका थिए ।

पाटन नगरपालिकाका शिक्षा शाखा प्रमुख ललित कुमार पाण्डेयले शिक्षक नियुक्तिमा कुनै पक्षपात नभएकी दाबी गरेका छन् । “परीक्षामा सहभागीमध्ये दुई जना मात्रै दोस्रो चरणमा प्रवेश गरेका हुन्, अम्तिममा एक जना सफल हुनुभो, हामिले कुनै पक्षपात गरेका छैनौं,” प्रमुख पाण्डेयले भन्नुभयो ।

यता यशोदा भट्टले निवेदन समेत दिएको र त्यसको कुनै सुनुवाइ नभएको त्यसको कुनै सुनुवाइ नभएको बताएका छन् ।

निवेदन दिएपछि प्रहरी बोलाएको समेत उनीहरुको भनाइ छ ।

* यसअघि  दुईजना मात्रै दिश्रोचरणमा गएको हुनुपर्नेमा अन्यथा भएकोमा क्षमा चाहान्छौ

प्रतिक्रिया जनाउनुहाेस्