देउलेख प्राथमिक स्वास्थ्य केन्द्रमा मानसिक स्वास्थ्य शिविर सञ्चालन हुने

Image

बझाङ: बझाङको बित्थडचिर गाउँपालिका–४ स्थित देउलेख प्राथमिक स्वास्थ्य केन्द्रमा मानसिक स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । बित्थडचिर गाउँपालिकाको सहमन्वय र स्वास्थ्य कार्यालय बझाङको प्राविधिक सहयोगमा निःशूल्क मानसिक स्वास्थ्य शिविर सञ्चालन हुने भएको हो ।

मनोरोग विशेषज्ञबाट माघ १२ गते एकदिन शिविर सञ्चालन हुने बित्थडचिर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गौरीलाल बोहराले जानकारी दिनुभयो ।

शिविरमा अत्याधिक तनाव, चिन्ता र डिप्रेसनको उपचार, बारम्बार रिस उठ्ने, अत्याधिक डर लाग्ने समस्याको उपचार , दीर्घकालिन उदासीपन, एक्लोपनको भावना, आत्महत्या गर्ने सोच आउने समस्याको उपचार तथा परामर्श, लागू औषध, मदिरा तथा अन्य नशाजन्य पदार्थको लतको उपचार एवं परामर्श, वालवालिकाको मानसिक विकासमा समस्याको उपचार तथा परामर्शलगायत मानसिक स्वास्थ्य सम्बन्धि सेवा प्रदान गरिने उहाँले बताउनुभयो ।

May be an image of ticket stub and text

प्रतिक्रिया जनाउनुहाेस्