पहिराेले अवरुद्ध जयपृथ्वी राजमार्ग सन्चालन

बैतडी: पहिराेले अवरुद्ध जयपृथ्वी राजमार्ग खुलेकाे छ । बैतडीकाे सुर्नया गाउँपालिका–७ भन्ज्याङ नजिक गएराती  ९  बजेतिर सडकमाथिबाट पहिरो खसेर  पूर्ण रूपमा अवरुद्ध बनेको थियो ।

सडक डिभिजन कार्यालय बैतडीको एक्स्काभेटरले  पहिरो सफा गरेपछि १० बजेदेखि राजमार्ग सन्चालनमा आएको हो । अहिले रोकिएका सवारीसाधन गन्तव्यतिर गइसकेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए ।

पहिराेले बेलाबेला जयपृथ्वी राजमार्ग हुँदा यात्रुहरु समस्यामा  पर्ने गरेका छन्  ।
प्रतिक्रिया जनाउनुहाेस्