भञ्ज्याङमा पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध

Image

बैतडी: बैतडीको खोड्पे-बझाङ जोड्ने जयपृथ्वी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ । बुधबार बिहानदेखीको अविरल बर्षाले सुर्नया गाउँपालिका–७ भञ्ज्याङमा सडकमाथीबाट पहिरो खसेपछि राजमार्ग अवरुद्ध बनेको हो ।

बुधबार राती ९ तिर पहिरो खसेपछि सडक पूर्णरुपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बलाराम पाण्डेयले जानकारी दिए । पहिराले राजमार्ग अवरुद्ध बनेपछि यात्रुहरु बिचबाटोमा नै अलपत्र परेका छन् ।

सवारी आवागनम ठप्प रहेको छ ।   सडक डिभिजन कार्यालय पाटनको जेसिबिले पहिरो पन्छाउने काम भैरहेको प्रहरी निरीक्षक पाण्डेयले बताए।

उक्त ठाउँमा २० ओटा सवारी साधन रोकीएका छन् । वर्षात्को समयमा पटक पटक राजमार्ग अवरुद्ध हुँदा यात्रुहरुलाई सास्ती हुने गरेको छ ।

अहिले पनि निरन्तर वर्षा भैरहेकाले राजमार्ग सञ्चालन भैरहेको प्रहरी बताएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्