बैतडी: बैतडीको शर्माली बजार क्षेत्रमा बिजुली बत्ती बलेको छ । जिल्लाको शिवनाथ गाउँपालिका–२ को शर्माली बजार क्षेत्रमा नेपाल विद्युत प्राधिकिरणको केन्द्रीय लाइनमार्फत बिजुली बत्ती बलेको हो ।
विद्युत नपुगेका ठाउँमा विद्युत विस्तार गर्ने अभियान अन्तर्गत शर्माली क्षेत्रमा विद्युत विस्तार गरेको नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख जर्नादन पौडेलले जानकारी दिए । शिवनाथको शर्माली र साउगडामा दुईवटा ट्रान्सफर्मर राखेर आटामिल, फर्निचर तथा आरनलगायतका व्यवसाय सञ्चालनका लागि लोड व्यवस्थापन हुने गरि विद्युत लाइन बिस्तार गरिएको उनले बताए ।
धेरै घरधुरीमा मिटर जडान कार्य भइरहेकाले सबै ठाउँमा विद्युत विस्तार गरिने नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रले जनाएको छ ।
विद्युत प्राधिकरण बैतडी वितरण केन्द्र र शिवनाथ गाउँपालिकाको समन्वयमा शर्माली बजार क्षेत्रमा सोमबार राति विद्युत बाल्न सफल भएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले बताए ।
बैतडीमा २७ हजार बढी घरधुरीमा विद्युतको पहुँच पुगेको छ । यो आर्थिक वर्षभित्र जिल्लालाई पूर्ण विद्युतीकरण गर्ने गरि काम भैरहेकोको वितरण केन्द्रका प्रमुख पौडेलले बताए ।
“पूर्ण विद्युतीकरण कार्यक्रम अन्तर्गत चार ओटा सबस्टेसन निर्माणको काम भैरहेको छ”उनल भने , “ति मध्ये पनि पाटन र मेलौलीको सबस्टेसनमा स्वीचआर्डको सामान सेटअप गर्न मात्रै बाँकी रहेको छ ।”





















