बैतडी: बैतडीको पाटन नगरपालिकामा गरिएको घेरबार र उपपमुखको कार्यकक्षमा लागेको ताला एकैसाथ खुलेको छ । अनियमितताको छानबिनको माग गर्दै गरिएको तालाबन्दी र घेरबार आज खुलेको हो ।
आइतबार नेकपा एमालेले बिरोधस्वरुप नगरपालिकामा काणेतार लगाएको थियो भने यसअघि नै असार २९ गते उपप्रमुख कमल सिंह बोहराको कार्यकक्षमा तालाबन्दी गरिएको थियो ।
आइतबार बिरोध स्वरुप एमालेले घेरबार गरेपछि नगर प्रमुख गौरी सिंह रावलले सोमबार विज्ञप्ती जारी गर्दै यस विषयमा ध्यानाकर्षण भएको र २० गतेसम्म छानबिनको माग सम्बोधन गरिने जानकारी गराएपछि आन्दोलनका कार्यक्रम स्थगित भएको बताइएको छ ।
सोमबार साँझ एमाले नगर इन्चार्ज धर्मानन्द भट्टसहितको टोलीले घेरबार निकालेको हो भने स्थानी खेमराज भट्टले उपप्रमुख बोहराको कार्यकक्षको ताला खोलेका हुन् ।
नगर प्रमुख रावलले सोमबार नै विज्ञप्ती जारी गरेर २० गतेभित्रै गरपालिकामा उजागर भएका विषयहरुको समाधान गर्ने प्रतिवद्धता जनाएपछि आन्दोलनका सबै कार्यक्रम स्थगित गरिएको एमाले पाटन नगरकमिटि इन्चार्ज धर्मानन्द भट्टले जानकारी दिए ।
“पाटन नगरपालिमा भईरहेको बेथिति बिरुद्धको झिकडे आन्दोलनप्रति पालिकाले प्रेस बिज्ञप्तिमार्फत २० गतेसम्म सबै खालका उठेका सवालहरुमा छानविन गराउने आसयको अनुरोधलाई कदर गर्दै २१ गतेसम्म्को लागि आन्दोलन स्थगित भएको र २१ गतेसम्म कुनै प्रक्रिया अघि नबढेमा पुनः थप सक्रिय भएर आन्दालेनमा आउने छौँ ।” भट्टले भने ।
नगर प्रमुख रावलले जारी गरेको विज्ञप्ती

नगरपालिकामा भएको भनिएका अनियमितताको छानबिनको टुंगो २ज्ञ गते लाग्नुपर्ने र अन्यथा पार्टीबाट थप सक्रिय आन्दोलन अघि बढाइने नगर कमिटि अध्यक्ष धर्मराज भट्टले जानकारी दिए । पालिकामा भएका वेथितीका विरुद्ध आफुहरुले कदम चालेको बताउदै नगरकमिटि अध्यक्ष बट्टले नगर प्रमुख रावलले प्रतिवद्धता जनाएको समयसम्म छानबिनको प्रक्रिया अघि नबढे थप कडा कदम चाल्न बाध्य हुने जनाए ।
भट्टले विज्ञप्ती नै जारी गरेर यस्तो बताएका हुन् ।





















