बैतडी: बैतडीको डिलाशैनी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ । शनिबार एक कार्यक्रमको आयोजना गरेर गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको हो ।
७ ओटै वडाभित्र रहेका जन्मेदेखि १५ महिनासम्मका ३ सय ७१ जना बालबालिका र १६ महिनादेखि ५ बर्षसम्मका १ हजार २ सय १७ जना बालबालिकाहरुले खोप पाएको एकीन भएपछि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख पुरुषोत्तम योगीले बताए ।
गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गर्न घरघरमै पुगेर घरधुरी सर्वेक्षण गरिएको थियो । वडाहरुलाई पूर्ण खोप सुनिश्चित वडा घोषणापछि पालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो । नेपाल सरकारले बालबालिकाहरुलाई विभिन्न १३ रोगविरुद्ध निशुल्क खोप उपलब्ध गराउँदै आएको छ ।
पूर्ण खोप सुनिश्चित पालिका घोषणा कार्यक्रममा सहयोग पुर्याएको सातओटै वडामा रहेका स्वास्थ्य संस्था प्रमुखहरुलाई सम्मान समेत गरिएको स्वास्थ्य शाखा प्रमुख योगीले बताए ।





















