रास्वपा पाटन नगर सभापतिमा चन्द चयन

Image

राष्ट्रिय स्वतन्त्र पार्टीले बैतडीको पाटन नगरपालिकाको सभापतिमा तिलक बहादुर चन्द चयन भएका छन् । कार्यवहाक सभापतिको जिम्मेवारीमा रहेका चन्दलाई आजको भेलाले सभापतिको जिम्मेवारी दिएको जिला सभापति भिम नाथले जानकारी दिए ।

आज पाटन स्थित ब्लेस होटलमा भएको सदस्यता वितरण तथा नगरपालिका पदपुर्ती भेला कार्यक्रम सम्पन्न भएको हो । जिल्ला सभापति नाथको अध्यक्षतामा भएको भेलाको प्रमुख अतिथिमा रास्वपाका बिधान मन्थन विभाग केन्द्रीय सदस्य भोजराज जोसी (क्वालीटी) रहेका थिए । भेला कार्यक्रममा निवर्तमान प्रदेस महामन्त्री पारस बाहुन, जिल्ला उपसभापति हेमन्त ऐर लगायत नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।
आजको भेलाबाट चन्दलाई पाटन नगरसभापपितको जिम्मेवारी दिएको थियो भने अन्य रिक्त पदहरुमा पदपूर्ति गर्ने विषयमा छलफल भएको छ । रिक्त रहेका अन्य पदहरुमा छिट्टै पदपूर्ति गर्ने निर्णय गरिएको जिल्ला सभापति नाथले बताए ।

प्रतिक्रिया जनाउनुहाेस्