बैतडी: बैतडीमा प्रहरीले भन्सार छलीको अवैध बिडी बरामद गरेको छ । शनिवार साँझ ५ बजे जिल्लाको दशरथचन्द नगरपालिका–६ दानीबगरबाट भन्सार छली गरि ल्याएको अवैध बिडी बरामद गरिएको हो ।
भारतबाट अवैध रुपमा भन्सार छली ल्याएको अन्दाजी ३ लाख २३ हजार दुई सय मूल्य बराबरको बिडी वेवारिसे अवस्थामा सडक किनारमा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक भुवन प्रसाद तिमिल्सेनाले जानकारी दिनुभयो ।
बरामद गरिएको बिडी आवश्यक कारवाहीका लागि महाकाली भन्सार कार्यालय झुलाघाट पठाउने कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
प्रतिक्रिया जनाउनुहाेस्













