स्काभेटरले ठक्कर दिँदा बैतडीमा एकजनाको मृत्यु भएको छ । जिल्लाको पुर्चौंडी नगरपालिका–५ का अन्दाजी ४० बर्षीय दलबहादुर बोहराको स्काभेटरले ठक्कर दिँदा मृत्यु भएको हो ।
बिहीबार बिहान ८ः ४५ बजे सल्लेरी–काटेई सडक खण्डको नयाँ ट्रयाक निमार्ण गर्न क्रममा स्काभेटरले ठक्कर दिएर गम्भीर घाइते भएका बोहरालाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको थियो । सडक निर्माण समितिका अध्यक्ष समेत रहेका बोहराको डडेल्धुरा अस्पतालमा बिहान ११ः ४० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिनुभयो ।
उक्त सडक नयाँ ट्रयाक खोल्ने क्रममा स्काभेटरको पछाडी पट््टीको भागले लागेर बोहरा घाइते भएका प्रहरी निरीक्षक सिंहले जानकारी दिनुभयो । स्काभेटर चालक बझाङको बित्थडचिर गाउँपालिका– ५ का २५ बर्षीय ललित बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको उहाँले बताउनुभयो ।
घटनाका बिषयमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ













