बैतडी: बैतडीको सिगास गाउँपालिका–४ कान्धारस्थित आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अनमी जानकी पुजारा उत्कृष्ट नर्स अवार्डबाट सम्मानित भएकी छन्।
स्वास्थ्य खबरपत्रिकाको १६औं वार्षिकोत्सवका अवसरमा काठमाडौंमा आयोजित १३ औं संस्करणको हेल्थ अवार्ड कार्यक्रममा उनलाई यो सम्मान प्रदान गरिएको हो ।
पुजारा उपकरण बिनै लगातार ६ घण्टा मुखबाट कृत्रिम स्वास दिँदै नवजात शिशुको ज्यान बचाएको घटनापछि देशभर चर्चामा आएकी थिइन्। दुर्गम क्षेत्रमा सेवाभाव, साहस र मानवताको प्रतिकका रुपमा उनले गरेको कामकै कदर स्वरूप यो अवार्ड प्रदान गरिएको हो।
सोमबार आयोजित अवार्ड कार्यक्रममा विभिन्न ९ विधामा अवार्ड प्रदान गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको समन्वयनमा स्वास्थ्यखबर फाउन्डेसनले आयोजना गरेको स्वास्थ्य खबर हेल्थ अवार्ड चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, अभियान्ता र स्वास्थ्य संस्थालाई प्रदान गरिएको हो।
प्रतिक्रिया जनाउनुहाेस्





















