पुर्वाधार मन्त्री लम्साललाई बैतडीबाट हेलिकप्टर मार्फत धनगढी  लगियो

Image

बैतडी:बैतडी पुग्नु भएका पूर्वाधार मन्त्री सुनील लम्साललाई हेलिकप्टर मार्फत धनगढी लगिएको छ । स्वास्थ्यमा समस्या आएपछि   सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर मगाएर धनगढी लगिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख दिपक रायले जानकारी दिनुभयो। “अहिलेलाई धनगढीका लगिएको छ, त्यहाबाट काठमाडौ लग्ने तयारी छ,” डिएसपी रायले भन्नुभयो ।
स्वास्थ्यमा समस्या आएकाले हिडडुल गर्न सक्ने अवस्था नभएको हुनाले लगिन लागिएको राष्ट्रिय स्वतन्त्र पार्टी सुदूरपश्चिम प्रदेश सभापति प्रकाश बिष्टले बताए ।

लम्साल शनिबार अबेर साँझ आफै गाडी चलाएर दार्चुलाबाट  बैतडी सदरमुकाम पुगेका थिए ।
मन्त्री लम्सालको टोली शुक्रबारदेखि सुदूरपश्चिमका विभिन्न जिल्लाको राजमार्ग र पुर्वाधारको अवस्थाको निरीक्षण गर्न आएको हो । दार्चुलाबाट फर्किएर बैतडीका विभिन्न क्षेत्र र बझाङ जाने कार्यक्रम तय भएको थियो ।

प्रतिक्रिया जनाउनुहाेस्