बैतडीमा अवैध बिँडी बरामद

Image
बैतडी:बैतडीमा अवैध बिँडी बरामद गरिएको छ । झुलाघाटबाट सतबाँझतर्फ आइरहेको नगर बसबाट गोठलापानीमा चेकजाँचका क्रममा आज अवैध बिँडी बरामद गरिएको हो ।
 जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले । बसबाट झण्डै साढे सात हजार बराबरको २८ बण्डल बिँडी बरामद गरिएको भएपनि बिँडी कसले ल्याएको हो भन्ने कुरा नखुलेको बताउनुभयो ।
भारतबाट अवैध रुपमा भित्र्याएको बिँडी बसमा ल्याएको हुन सक्ने अनुमान गरिएको छ । बरामद गरिएको बिँडी महाकाली भन्सार कार्यालय झुलाघाटमा बुझाइने प्रहरी निरीक्षक सिंहले जानकारी दिनुभयो  ।
नगर बसमा कसले बिँडी राखेको भन्ने कुरा नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । दशरथचन्द नगरपालिकाले सञ्चालन गरेको नगर बस हरेक दिन सतबाँझ–झुलाघाट रुटमा सञ्चालन हुने गरेको छ ।
प्रतिक्रिया जनाउनुहाेस्