बैतडी: बैतडीको पुर्चाैडीमा पहिलो संस्करणको पुर्चौडी प्रिमियर लिग (पिपिएल) टि–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । पुर्चाैडी युथ क्रिकेट क्लबको आयोजनामा आगामी बैशाख २ गतेदेखी पुर्चाैडी नगरस्तरीय खुल्ला पुरुष क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको हो ।
कमल विसाल पार्क खेलमैदानमा प्रतियोगिता सञ्चालन हुने क्लबका अध्यक्ष वीरबहादुर गडालले जानकारी दिनुभयो । प्रतियोगितामा सहभागी हुने नगरपालिका भित्रका टिमहरुले चैत ३० गते दिउँसो २ बजेभित्र टिम दर्ता गरिसक्नुपर्ने उहाँले बताउनुभयो ।
प्रतियोगिताको बिजेताले ५५ हजार ५५५ नगदसहित ट्रफी मेडल र प्रमाणपत्र हात पार्नेछ भने उपबिजेताले २५ हजार ५५५ नगदसहित ट्रफी मेडल र प्रमाणपत्र हात पार्ने आयोजक पुर्चाैडी युथ क्रिकेट क्लबले जनाएको छ । यस्तै प्रतियोगिताका म्यान अफ द सिरिज, उत्कृष्ट ब्याट्सम्यान तथा बलरलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिने क्लबका सचिव लक्ष्मण गडालले जानकारी दिनुभयो ।
खेल टेनिस बलले खेलाइनेछ भने प्रतियोगिता एलबिडब्लु बाहेक आइसिसिको नियमानुसार सञ्चालन हुनेछन् ।
स्थानीय स्तरमा रहेका खेलाडीहरुको खेल क्षमता पहिचान गरि जिल्ला, प्रदेश र राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने उद्धेश्यसहित प्रतियोगिता सञ्चालनको तयारी भैरहेको अध्यक्ष गडालले जानकारी दिनुभयो ।





















