बैतडीमा ४८ हजार ५१५ मत खसे

Image

बैतडी: बैतडीमा ३० दशमलव ८९ प्रतिशत मत खसेको छ ।

दिउँसो दुई बजेसम्म यहाँ ४८ हजार ५१५ मत खसेको निर्वाचन कार्यालय सूचना अधिकारी नरेश दयालले जानकारी दिनुभयो । अहिले सम्म २५ हजार ३ सय महिला र २३ हजार २९४ पुरुष तथा एक अन्य मतदाताले मतदान गरेका सूचना अधिकारी दयालले जानकारी दिनुभयो ।

मतदानमा मतदाताहरुको उत्साहजनक सहभागीता रहेको जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ । बिहान ७ बजेदेखी सुरु भएको मतदान शान्तिपूर्ण रुपमा जारी रहेको बैतडीका प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले बताउनुभयो । उहाँले मतदान केन्द्रमा सुरक्षा अवस्थामा बारेमा अनुगमनको काम पनि भैरहेको जानकारी दिनुभयो ।

प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि एक मात्रै निर्वाचन क्षेत्र रहेको ययहाँ १ लाख ५६ हजार ३७२ मतदाता रहेका छन् ।

प्रतिक्रिया जनाउनुहाेस्