बैतडीः बैतडीमा ९८ वर्षीया जेष्ठ नागरीकले मतदान गर्नुभएको छ । जिल्लाको दशरथचन्द नगरपालिका–७ केदारशिला आवि मतदान केन्द्रबाट ९८ वर्षीया रमा बडुले मतदान गर्नुभएको जिल्ला निर्वाचन कार्यालय बैतडीका सूचना अधिकारी नरेश दयालले जानकारी दिनुभयो ।
यस्तै दशरथचन्द नगरपालिका–२ देहीमाण्डौंकी ९० बर्षीया धानादेवी बोहराले निङ्गलाशैनी मावि मतदान केन्द्रबाट मतदान गर्नुभएको उहाँले बताउनुभयो ।
जिल्लाभरी शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । अहिले सम्म १२ हजार ९८२ मत खसेको सूचना अधिकारी दयालले बताउनुभयो ।
प्रतिक्रिया जनाउनुहाेस्




















