बैतडी: नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले बैतडीको सिगास गाउँपालिका-६ थलाकाँडा स्थित महादेव माध्यमिक विद्यालयलाई ४ लाख ६० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ। शुक्रबार कम्पनीका प्रमुख कार्यकारी अधिकृत बीरकृष्ण महर्जनले विद्यालयका प्रधानाध्यापक मोहनसिँह ऐरलाई ४ लाख ६० हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन्।
नेपाल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयको शैक्षिक गुणस्तर तथा भौतिक सुधारका लागि सो रकम सहयोग गरेको प्रमुख कार्यकारी अधिकृत महर्जनले जानकारी दिए।उक्त सहयोग रकम ग्रहण पश्चात विद्यालयका प्रधानाध्यापक मोहनसिँह ऐरले कम्पनी प्रति आभार प्रकट गर्दै विद्यालयलाई आवश्यक शैक्षिक तथा भौतिक सामग्री प्रबन्ध गर्न सहयोग पुग्ने बताए।
प्रतिक्रिया जनाउनुहाेस्




















