बैतडी: महाकाली राजमार्ग अबरुद्ध बनेको छ ।
बैतडीको दोगडाकेदार गाउँपालिका–५ गोबडामा बिहान ५:३० बजेको समयमा मधेस प्रदेश ०३ ००२ ख ४२३१ नम्बरको ट्रेलर सडकबाट लिक बाहिर गइ अबरुद्ध बनेकोमा अहिलेसम्मपनि संचालनमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता सुरज सिंहले जानकारी दिए ।
दार्चुलाको मार्मा हाइड्रोपावरको फलामको पाता लग्दै गरेको ट्रेलर लिक बाहिर गएर बाटो अबरुद्ध भएको उनले बताए । सडक डिभिडज कार्यालयका प्रमुख किरन सुवेदीले उक्त लोडेड ट्रेलरलाई उठाउनको लागि क्रेन नै आवश्यक पर्ने भएकाले हाम्रो तर्फबाट सम्भव नभएको बताए ।
“लोडेड ट्रेलरलाई हटाउन क्रेन नै चाहिन्छ, हामिसङ्ग त्यो सुविधा छैन, सम्बन्धित हाइड्रो कम्पनीलाई आफै क्रेनको व्यवस्था गरेर निकाल्न भनेका छौं,” प्रमुख सुवेदीले भने ।
प्रतिक्रिया जनाउनुहाेस्













