क्यान्सर पीडित बैतडीको सुर्नयाकी जमुनाको उपचारमा आर्थिक अभाव

Image

बैतडी: बैतडीको सुर्नया गाउँपालिका–४ बरायल, चाडी घर भएकी जमुना महराको उपचारमा आर्थिक अभाव भएको छ ।  क्यान्सर रोगबाट पीडित जमुनाको अहिले भारतको भारतको चण्डीगढस्थित पिजीआइ  अस्पतालमा उपचार भइरहेको उनका भतिजा प्रकाश महराले बताउनुभयो।

चिकित्सकको सल्लाह अनुसार उनलाई लामो उपचार प्रक्रिया आवश्यक पर्ने भएकाले आर्थिक अभाव भएको उहाँले जानकारी दिनुभयो ।

जमुनाको उपचारमा १७ पटक किमोथेरापी गर्नुपर्ने बताइएको छ । शुरुका ८ पटक किमोथेरापीपछि शल्यक्रिया गरिने र त्यसपछि ९ पटक किमोथेरापी गर्नुपर्ने चिकित्सकले बताएका महराले जानकारी दिनुभयो । एक पटक किमोथेरापीका लागि झण्डै तीस हजार रुपैयाँ खर्च हुने भएकाले आर्थिक अभाव भएको बताइएको छ ।

जमुनाको उपचारमा परिवारकै कमाइले धान्न नसकिने भएपछि सबै मनकारी व्यक्तिहरुलाई सहयोग गरिदिन आग्रह गरिएको छ ।

भारतका लागि रामसिंह महरा 

qrb-1774434259.jpg
नेपालका मानसिंह महरा

qr-Nepala-1774434277.jpg

प्रतिक्रिया जनाउनुहाेस्