बैतडीको पाटनमा कक्षा ८ को वार्षिक परीक्षा सम्बन्धित विद्यालयमै हुने

Image

बैतडी: बैतडीको पाटन नगरपालिकाको कक्षा ८ को वार्षिक परीक्षा सम्बन्धित विद्यालयमै हुने भएको छ । परीक्षा केन्द्रका बिषयलाई लिएर चौतर्फी विवाद भएपछि सम्बन्धित विद्यालयमा नै परीक्षा केन्द्र रहने भएको हो ।

अभिभावक, विद्यालय व्यवस्थापन समिति लगायतले परीक्षा केन्द्र निर्धारणका बिषयमा गुनासो बढेपछि सम्बन्धीत विद्यालयमै केन्द्र राख्ने नगरप्रमुख स्तरिय निर्णय भएको नगरपालिकाका शिक्षा शाखा अधिकृत विर्खराज भट्टले बताउनुभयो ।

२०८० देखि नगरपालिकाले कक्षा ८ को परीक्षाको लागि एक वडाको एक परीक्षा केन्द्र तोक्दै पालिकास्तरीय परीक्षा संचालन गर्दै आएको थियो ।

वडामा एक मात्रै परीक्षा केन्द्र हुँदा भौगोलिक रुपमा विद्यार्थीहरुलाई टाढा पर्ने भन्दै अभिभावक, विद्यालय व्यवस्थापन समिति र युवाहरु लगायतले सम्बन्धीत विद्यालयमा नै परीक्षा केन्द्र हुनुपर्ने माग राख्दै आएका थिए ।

शैक्षिक शत्र २०८२ को कक्षा ८ को पाटन नगरस्तरीय वार्षिक परीक्षा यही चैत  ८ गतेदेखी सञ्चालन हुँदैछ ।

प्रतिक्रिया जनाउनुहाेस्