बैतडीका उम्मेदवारलाई निर्वाचन खर्च विवरण बुझाउन आग्रह

Image

प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका सबै उम्मेदवारलाई निर्वाचन खर्च विवरण पेश गर्न जिल्ला निर्वाचन कार्यालय बैतडीले आग्रह गरेको छ।

कार्यालयले एक सूचना जारी गर्दै यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका उम्मेदवारहरूलाई आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरी कार्यालयमा पेश गर्न गर्न भनेको हो ।

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत एकमात्र निर्वाचन क्षेत्र रहेको बैतडीबाट उम्मेदवारी दिएका सबै उम्मेदवारले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७२ को उपदफा (४) बमोजिम निर्वाचन खर्च विवरण पेश गर्नुपर्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी नरेश दयालका अनुसार उम्मेदवारहरूले तोकिएको व्यवस्था अनुसार निर्वाचन खर्च सार्वजनिक गरी विवरण कार्यालयमा बुझाउनुपर्ने छ।

प्रतिक्रिया जनाउनुहाेस्