बैतडी सिगास गाउँपालिका-२ स्थित गाँजरी स्वास्थ्य चौकीमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । स्वास्थ्य कार्यालय बैतडीको आयोजना र गाउँपालिकाको समन्वयमा वैशाख १७ गते निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुन लागेको सिगास गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख घनश्याम बोहराले जानकारी दिए ।
शिविरमा सर्ने तथा नसर्ने रोग उपचार तथा परामर्श सेवा प्रदान गरिनेछ ।
उच्च रक्तचाप, मधुमेह, महिलाहरूको पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक जाँच एवं पाठेघर खस्ने समस्याको पहिचान तथा व्यवस्थापन, यौन रोग, तल्लोपेट दुख्ने, महिनावारी सम्बन्धी चेकजाँच र मानसिक स्वास्थ्य सम्बन्धी चेकजाँच तथा औषधी वितरण गरिने गाँजरी स्वास्थ्य चौकीका प्रमुख बिरेन्द्र सिह क्षेत्रीले जानकारी दिए । यस्तै गर्भवती महिलाहरूको निशुल्क भिडियो एक्सरे, मुख स्वास्थ्य सम्बन्धी चेकजाँच तथा उपचार सेवा प्रदान गरिने उनले बताए ।
उक्त स्वास्थ्य सम्बन्धित समस्या भएका व्यक्तिहरूले सेवा लिन गाउँपालिकाले आग्रह गरेको छ ।





















