बैतडी: जलश्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय पाटनले चालु आर्थिक वर्षका योजनाहरुको सम्झौता छिटो गर्न आग्रह गरेको छ । उक्त कार्यालयले कार्यान्वयन गर्ने योजनाहरु समयमै सम्पन्न गर्नको लागि यही बैसाख १५ गतेभित्रै योजना सम्झौता गर्न उपभोक्ता समितिलाई आग्रह गरेको हो ।
समयमै योजना कार्यान्वयन गरी सम्पन्न गर्नको लागि योजना कार्यान्वयन हुने क्षेत्रका उपभोक्ताहरुलाई समिति गठन गरी सम्झौता गर्नको आग्रह गरिएको कार्यालय प्रमुख रामरथ खरेलले जानकारी दिए ।
चालु आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रम अनुसार बैतडी जिल्लाभरी कार्यान्वयन हुने सिंचाइ, नदि नियन्त्रण तथा तटबन्धनका योजनाहरुमध्ये हालसम्म पनि सम्झौता हुन नसकेका योजनाहरु बैसाख १५ गतेभित्रै सम्झौता गर्न सूचना जारी गरिएको उनले बताए ।
स्थानीय तहको वडा कार्यालयको सिफारिससहित सम्झौताको लागि आउन भनिएको हो । बैसाख १५ गतेसम्म सम्झौता हुन नसकेका योजनाको हकमा तत्पश्चात कुनैपनि सम्झौता नहुने समेत सूचनामा भनिएको छ ।





















