बैतडी: बैतडीमा जिल्लास्तरीय अन्तरवडा महिला तथा पुरुष भलिबल प्रतियोगिता आयोजनाको लागि टिम दर्ताको लागि सूचना जारी गरिएको छ ।
जिल्ला खेलकुद समितिले सूचना जारी गर्दै जिल्लाका १० स्थानीय तहका ८४ वटै वडालाई आफ्नो टिमसहित प्रतियोगितामा सहभागिता जनाउन आह्वान गरेको हो ।
प्रतियोगितामा सहभागी हुने खेलाडी सम्बन्धित वडाकै स्थायी बासिन्दा हुनुपर्नेछ। खेलाडीले नेपाली भलिबल संघ तथा अन्तर्राष्ट्रिय भलिबल महासंघ (एफआईभीबी) का नियमअनुसार खेल्नुपर्ने सूचनामा उल्लेख छ।
प्रत्येक टिममा बढीमा १२ जना खेलाडी, एक जना प्रशिक्षक र एक जना व्यवस्थापक रहने व्यवस्था गरिएको छ। खेलाडीले आफ्नो परिचय खुल्ने कागजात, जन्मदर्ता, नागरिकता वा राष्ट्रिय परिचयपत्रको प्रतिलिपि अनिवार्य रूपमा पेस गर्नुपर्नेछ।
आयोजकका अनुसार टिम दर्ताको अन्तिम मिति २०८३ कात्तिक १२ गते बेलुकी ५ बजेसम्म तोकिएको छ। खेल तालिका कात्तिक १३ गते बेलुकी ५ बजे सार्वजनिक गरिने जनाइएको छ ।












