बैतडी जिल्ला भलिबल रेफ्री संयोजकमा धिरज चन्द चयन

Image

बैतडी, जिल्ला भलिबल संघ बैतडीको रेफ्री संयोजकमा धिरज चन्द चयन भएका छन्।

आज मेलौलीमा बसेको जिल्ला भलिबल संघ बैतडीको बैठकले चन्दलाई जिल्ला भलिबल रेफ्री संयोजकमा चयन गर्ने निर्णय गरेको हो।

संयोजकमा चयन भएसँगै चन्दले बैतडीमा आयोजना हुने पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितासहित सरकारी तथा गैरसरकारी निकायले आयोजना गर्ने भलिबल प्रतियोगितामा रेफ्री खटनपटनको जिम्मेवारी सम्हाल्नेछन्।

संघलाई थप चलायमान बनाउन रेफ्रीले प्राप्त गर्ने पारिश्रमिकको केही अंश कोषमा जम्मा गर्ने योजना रहेको चन्दले बताएका छन्।

“जुनसुकै प्रतियोगितामा रेफ्री गएर पाउने पारिश्रमिक कोषमा जम्मा गर्ने र त्यसलाई भलिबल विकासका केही काममा लगाउने मेरो योजना छ। सोहीअनुसार अघि बढ्नेछु,” रेफ्री संयोजक चन्दले भने।

उक्त कोषबाट भलिबल खेलको विकास र प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया जनाउनुहाेस्