बैतडीको पुर्चौडीमा ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

Image
बैतडी: बैतडीको पुर्चौडीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ।
बिहीबार दिउँसो ३:३० बजे पुरघाटबाट  ढोल्यामोडतर्फ  आउदै गरेको सु.प.प्र.०२–००१ त १६०० नम्बरको ट्याक्टर  पुर्चौडी नगरपालिका-१ को राताशिला क्षेत्रमा दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको हो ।
मृत्यु हुनेमा ट्याक्टर चालक कञ्चनपुरको तत्कालीन सुडा गाविस–८ घर भएका ४४ वर्षीय देवसिंह भण्डारी रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक भुवन प्रसाद तिमिल्सैनाले जानकारी दिनुभयो ।
उहाँका अनुसार ट्याक्टर सडकबाट करिब २५ मिटर तल खसेको छ । ट्याक्टरमा चालक बाहेक अरू कोहि पनि सवार नरहेको प्रहरीले जनाएको छ।
प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रतिक्रिया जनाउनुहाेस्