धनगढी : नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दामोदर भण्डारीले सुदूरपश्चिम प्रदेश इञ्चार्जको जिम्मेवारी सम्हाल्नुभएको छ।
एमालेको अन्तरपार्टी निर्देशनअनुसार भण्डारीलाई सुदूरपश्चिम प्रदेश इञ्चार्जको जिम्मेवारी प्रदान गरिएको हो। नेताहरूको कार्यविभाजन गर्ने क्रममा पार्टीले उनलाई उक्त जिम्मेवारी दिएको जनाएको छ।
नवनियुक्त इञ्चार्ज भण्डारीले बिहीबार धनगढीस्थित एमाले सुदूरपश्चिम प्रदेश पार्टी कार्यालयमा औपचारिक रूपमा पदभार ग्रहण गरे। पदभार ग्रहणपछि पार्टी संगठनलाई थप सुदृढ बनाउने, कार्यकर्तालाई सक्रिय बनाउने तथा प्रदेशभर पार्टी गतिविधिलाई प्रभावकारी रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरिएको जनाइएको छ।
प्रतिक्रिया जनाउनुहाेस्




















