सन्तानलाई चप्पल किनिदिन,
खाली खुट्टै,
तिमीले बोकेको त्यो निमेकको भारी,
बिसाउन खोज्दा,
खुट्टामा चुत्रोको काँडो बिझेपछि,
काँडो झिक्न,
आफ्नै साथीको स्वीटरमा,
उनेको खिप माग्दा,
तिम्रो अभाव देखेर,
छैन भन्दै उनले मुन्टो फर्काएपछि,
तिमीले के सोच्यौ नि आमा?
शब्दः श्याम गैरे
प्रतिक्रिया जनाउनुहाेस्




















