पाटन भ्याली क्रिकेट क्लबलाई JSB हेभी इक्युमेन्ट्स सुलोसनद्वारा जर्सी प्रायोजन

Image

बैतडीको पाटनमा आयोजना हुने छैटौँ संस्करणको उदयदेव पाटन प्रिमियर लिग (UPPL-6) का लागि पाटन भ्याली क्रिकेट क्लबलाई जर्सी प्रायोजन गरिएको छ।

डडेल्धुरास्थित JSB हेभी इक्युमेन्ट्स सोलुसन्सका सञ्चालक वसन्त कठायतले क्लबलाई जर्सी प्रायोजन गर्नुभएको हो। सञ्चालक कठायतले क्लबका टिम क्याप्टेन बिरु भण्डारीसहित उपस्थित खेलाडी तथा प्रतिनिधिलाई जर्सी हस्तान्तरण गर्नुभएको छ।

जर्सी हस्तान्तरण गर्दै सञ्चालक कठायतले खेलकुद क्षेत्रको विकासका लागि आगामी दिनमा पनि सक्दो सहयोग गर्ने बताउनुभयो।

पाटन एकता समाजको आयोजनामा आगामी कात्तिक ८ गतेदेखि सुरु हुने UPPL-6 मा १२ टोलीले सहभागिता जनाउँदैछन्।

प्रतिक्रिया जनाउनुहाेस्