पाटन बजारमा युवाको अगुवाइमा सरसफाइ

Image

बैतडीको पाटन बजारमा युवाहरूको अगुवाइमा सरसफाइ कार्यक्रम आयोजना गरिएको छ। आज शुक्रबार बिहान बजार क्षेत्रको सरसफाइ गरिएको कार्यक्रम संयोजक अशोक बिष्टले जानकारी दिए।

सरसफाइ अभियानमा पाटन नगरपालिका, वडा नम्बर ६, इलाका प्रहरी कार्यालय, बजार व्यवस्थापन समिति तथा वडा नम्बर ६ का युवाहरूको सहयोग, समन्वय र सहभागिता रहेको बिष्टले बताए।

स्वच्छ, सुन्दर र व्यवस्थित पाटन बजार निर्माणका लागि आगामी दिनमा पनि यस्ता अभियानलाई निरन्तरता दिइने उनले बताए।

प्रतिक्रिया जनाउनुहाेस्