बैतडीको सिगासमा रोजगार संवाद कार्यक्रम

Image

बैतडी: बैतडीको सिगास गाउँपालिकामा रोजगार संवाद कार्यक्रम सञ्चालन गरिएको छ । जनप्रतिनिधी, सञ्चारप्रतिनिधीहरुसंग रोजगार संवाद कार्यक्रम सञ्चालन गरिएको हो ।

रोजगार सिप तथा उद्यमशिलता केन्द्र मार्फत स्थानीय स्तरमै आन्तरकि रोजगारी शृजना र युवाहरुलाई सिप विकासमा आवद्ध गराउने अपिप्रायले संवाद कार्यक्रम सञ्चालन गरिएको केन्द्रका रोजगार संयोजक राजेन्द्र सिंह धामीले जानकारी दिनुभयो ।

युवाहरु रोजगारीका लागि विदेशीने क्रम नरोकीएकाले उनीहरुका लागि स्थानीय सरकारले ल्याउन सक्ने रोजगारी लक्षित कार्यक्रममा बिषयमा मंगलबार छलफल तथा अन्तरक्रिया गरिएको रोजगार संयोजक धामीले बताउनुभयो । देशको मुख्य समस्या बेरोजगारी रहेकाले तीन ओटै तहका सराकारले रोजगारी शृजनाका विविध कार्यक्रमहरु उच्च प्राथमीकतामा राखी अगाडी बढ्नुपर्ने रोजगार संयोजक धामीले बताउनुभयो ।

स्थानीय तहहरुले नीती तथा कार्यक्रम र बजेट पारित गर्ने तयारीमा रहेकाले युवाहरुलाई गाउँमै रोजगारीका अवसरहरु तयार गर्न रोजगार संवाद कार्यक्रम गरिएको उहाँले जानकारी दिनुभयो ।

राष्ट्रिय तथ्यांक कार्यालयले हालै प्रकाशित गरेको प्रतिवेदनमा देशभरीका ७५३ स्थानीय तहमध्ये सबै भन्दा बढी गरिबीको दर भएका दश स्थानीय तहमा सिगास गाउँपालिका चौथौ सूचीमा देखीएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्