बैतडी,
बैतडीको पाटनमा आजदेखि पाँचौ संस्करणको उदयदेव पाटन प्रिमियर लिग (युपिपिएल–५)सुरु भएको छ ।
शनिबार एक कार्यक्रमकाबीच प्रतियोगिताको सुभारम्भ गरिएको छ । आयोजक पाटन एकता समाजका अध्यक्ष किरन चन्दको अध्यक्षतामा सञ्चालन गरिएको उद्घाटन समारोहका प्रमुख अतिथि पाटन नगरपालिकाका नगर प्रमुख गौरी सिंह रावल रहनु भएको थियो ।
सुभारम्भ कार्यक्रमका जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चमन कुमार भण्डारीलगायत पाटन नगरपालिकाका वडा अध्यक्षहरुको पनि सहभागिता रहेको थियो ।
आजै भएको उद्घाटन खेलमा आयोजक पाटन एकता समाजले विजयी सुरुवात गरेको स्कोरर दिपेन्द्र बोहराले जानकारी दिए । एकता समाजले केदारसक्ती क्रिकेट क्लबलाई ५ रनले हराएको हो ।
टस जितेर ब्याटिङ गरेको पाटन एकता समाजले निर्धारित १५ ओभरमा ३ विकेट गुमाएर १६४ रन बनाएको थियो । उसका लागि खगेन्द्र जोशीले ६२ रनको अर्धसतकीय पारी खेले । केदारसक्तीका बिनोद पाण्डेयले २ विकेट लिए ।
१६५ रनको विजयी लक्षसहित मैदान उत्रिएको केदारसक्तीले १४.४ बलमा अलआउट हुदै १५९ रन मात्रै बनाउन सक्यो । उसका लागि सुरज देउवाले ५६ रनको दर्शसतकीय पारी खेले । एकता समाजका अभिसेख कोइरालाले ३, सन्दीप खत्री र राहुल भण्डारीले समान दुईदुई विकेट लिए ।
आजको खेलका म्यान अफ द म्याच राहुल भण्डारी चुनिए । भण्डारीले ४१ रन बनाउनुका साथै २ विकेट हात पारेका थिए ।
जारी प्रतियोगितामा १३ टिमको सहभागिता रहेको छ । यस वर्षको पाँचौ संस्करणको यूपिपिएल प्रतियोगिताको प्रथम पुरस्कार रासी १ लाख ३५ हजार ७९१ कायम गरिएको छ ।
उपबिजेता टिमलाई ५५ हजार ५५५कायम गरिएको आयोजक पाटन एकता समाजका सचीव हरिस केसीले जानकारी दिए ।
म्यान अफ द सिरिजलाई १२,३४५बेस्ट ब्याटर र बलरलाई जनही ५,६७८ रुपैयाँ पुरस्कार घोषणा गरिएको छ ।
यसअघिका वर्षहरुमा पाटन प्रीमियर लिग र उदयदेव प्रीमियर लिग छुट्टाछुट्टै हुदै आएकोमा यसवर्ष दुबै आयोजक टिम एकआपसमा गाभिएर एकीकृत भइ पाटन एकता समाज गठन गरिएको थियो ।





















