बैतडीः बैतडीको पाटनमा उदयदेव पाटन प्रीमीयर लिग (युपिपिएल) प्रतियोगिता यही असोज २२ गतेदेखि गर्ने तयारी भइरहेको छ । आयोजक पाटन एकता समाजका अनुसार प्रतियोगितामा सहभागिता जनाउने टिमले यही असोज २० गतेसम्म टिम दर्ता गरिसक्नु पर्ने छ । यसअघिको बैठकबाट असोज १८ गतेसम्म टिम दर्ता गराउने निर्णय गरिएकोमा आज बसेको बैठकले २ दिन दर्ता समय थप गरेको आयोजक पाटन एकता समाजका सचिव हरिस केसीले जानकारी दिए ।
हालसम्म १२ टिमले दर्ता गराएको आयोजकले जनाएको छ ।
सहभागिता जनाउने टिम र खेलाडीको विवरण एकता समाजको वेबसाइटमा अध्यावधिक गरिने एकता समाजका अध्यक्ष किरन चन्दले बताए । सबै टिमलाई प्रत्येक खेलाडीको व्याक्तिगत विवरण खुल्ने कागजात समेत पेश गर्न उनले आग्रह गरे ।
आसन्न प्रतियोगितालाई थप भव्य बनाउनको लागि क्लबले आन्तरिक तयारी गरिरहेको बताइएको छ ।
पाटन–६को कृष्ण माविको खेलमैदानमा यस यस वर्षको पाचौं सस्करणको युपिपिएल–५ प्रतियोगिता गर्ने निर्णय भएको थियो । खेल मैदानपनि लगभग तयार भइसकेको छ ।
यस वर्षको यूपिपिएल प्रथम पुरस्कार रासी १ लाख ३५ हजार ७९१ कायम गरिएको छ ।
उपबिजेता टिमलाई ५५ हजार ५५५कायम गरिएको आयोजक पाटन एकता समाजका सचीव हरिस केसीले जानकारी दिए ।
म्यान अफ द सिरिजलाई १२,३४५बेस्ट ब्याटर र बलरलाई जनही ५,६७८ रुपैयाँ पुरस्कार घोषणा गरिएको छ ।
यस प्रतियोगितामा बैतडी जिल्ला भित्रकै टिमले सहभागिता जनाउन पाउने छन् । कुनै एक टिममा बढीमा ३ जना जिल्ला बाहिरका खेलाडी खेलाउन पाउनेछन् ।
टिम दर्ता सुल्क १५,५०० कायम भएको आयोजकले जनाएको छ ।
यसअघिका वर्षहरुमा पाटन प्रीमियर लिग र उदयदेव प्रीमियर लिग छुट्टाछुट्टै हुदै आएकोमा यसवर्ष दुबै आयोजक टिम एकआपसमा गाभिएर एकीकृत भइ पाटन एकता समाज गठन गरिएको थियो ।














