बैतडी: बैतडीको पाटनमा उदयदेव पाटन प्रीमीयर लिग प्रतियोगिता हुने भएको छ । यही असोज २२ गतेदेखि पाटन-६को कृष्ण माविको खेलमैदानमा पाचौं सस्करणको युपिपिएल-५ प्रतियोगिता गर्ने निर्णय भएको हो ।
बुधबार बसेको पाटन एकता समाजको बैठकले यही असोज २२ गतेदेखि प्रतियोगिता गर्ने निर्णय गरिएको हो ।
यस वर्षको प्रथम पुरस्कार रासी १ लाख ३५ हजार ७९१ कायम गरिएको छ ।
उपबिजेता टिमलाई ५५ हजार ५५५कायम गरिएको आयोजक पाटन एकता समाजका सचीव हरिस केसीले जानकारी दिए ।
म्यान अफ द सिरिजलाई १२,३४५बेस्ट ब्याटर र बलरलाई जनही ५,६७८ रुपैयाँ पुरस्कार घोषणा गरिएको छ ।
यस प्रतियोगितामा बैतडी जिल्ला भित्रकै टिमले सहभागिता जनाउन पाउने छन् । कुनै एक टिममा बढीमा ३ जना जिल्ला बाहिरका खेलाडी खेलाउन पाउनेछन् ।
टिम दर्ता १८ गतेसम्ममा गर्नुपर्ने र दर्ता सुल्क १५,५०० कायम भएको आयोजकले जनाएको छ ।
यसअघिका वर्षहरुमा पाटन प्रीमियर लिग र उदयदेव प्रीमियर लिग छुट्टाछुट्टै हुदै आएकोमा यसवर्ष दुबै आयोजक टिम एकआपसमा गाभिएर एकीकृत भइ पाटन एकता समाज गठन गरिएको थियो ।














