बैतडीमा बाल यौन दुव्र्यवहार आरोपमा एक जना पक्राउ

Image

असोज १६ गते, बैतडी: बैतडीमा बाल यौन दुव्र्यवहार आरोपमा एक जना पक्राउ परेका छन् । जिल्लाको शिवनाथ गाउँपालिकाका २३ वर्षीय राकेश साउद पक्राउ परेका हुन ।
बालिकाका बुवाले प्रहरीमा दिएको जाहेरीको आधारमा साउदलाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिनुभयो ।
विधालयबाट घर फर्किने क्रममा बाटोमा १० वर्षीय बालिकामाथी यौन दुव्र्यवहार गरेको भन्दै जाहेरी परेको बताइएको छ । बालिका कक्षा-४मा अध्ययनरत हुन् ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्