केवाइसीले जित्यो पुर्चाैडी प्रिमियर लिगको उपाधि

Image

बैतडीः पुर्चाैडी प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपाधि काडा महादेव युवा क्लब (केवाइसी) ले हात पारेको छ ।

बैतडीको पुर्चाैडी नगरपालिका–१ स्थित विशालपार्क खेलमैदानमा बिहीबार भएको फाइनल खेलमा जि स्टार ग्रुपलाई २२ रनले पराजीत गर्दै ५५ हजार ५५५ नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्याे ।

उपबिजेता बनेको जि स्टार ग्रुपले २५ हजार ५५५ नगदसहित ट्रफी मेडल र प्रमाणपत्र हात पारेको छ ।

टस हारेर पहिला ब्याटिङ् गरेको केवाइसी ले निर्धारित २० ओभरमा सवै विकेट गुमाउँदै १४० रन बनायो । उसका लागि बसन्त खडायतले सर्वाधिक ३४ रन जोडे भने सुरेन्द्र बोहराले १८ रन जोडे । जि स्टार ग्रुपका कप्तान समेत रहेको दिपक गडालले सर्वाधिक ४ विकेट लिए ।

जवाफी ब्याटिक आएको जिस्टारले १५ ओभरमा सबै विकेट गुमाउँदै ११८ रन मात्रै जोड्न सक्यो । उसका लागि ग्रिस गडालले ३१ रन तथा बिनोद बोहराले २३ रन जोडे । केवाइसिका कपिल बोहरा सर्वाधिक ३ विकेट तथा बिकास बोहरा, गणेश जाग्री र बिमल जाग्रील समान दुई दुई विकेट लिए ।

प्लेयर अफ दि म्यााच केवाइसीका बसन्त खडायत चुनिए । यस्तै ब्याटिङ् र बलिङमा उत्कृष्ट प्रर्दशन गर्दै बिमल जाग्री म्यान अफ दि टुर्नामेन्ट चुनिए । उनले प्रतियोगिता भरी १७४ रन र १२ विकेट लिए । जाग्री नै टुर्नामेन्ट बेष्ट ब्याटर चुनीए ।
यसैगरी प्रतियोगितामा १४ विकेट लिएका बिकास बोहरा बेष्ट बलर चुनिए ।

पुर्चाैडी युथ क्रिकेट क्लबको आयोजनामा वैशाख २ गतेदखी १० गतेसम्म सञ्चालन भएको प्रतियोगितामा पुर्चाैडी नगरपालिका भित्रका १५ ओटा टिमको सहभागीता रहेको पुर्चाैडी युथ क्रिकेट क्लबका कोषाध्यक्ष लक्ष्मण गडालले जानकारी दिनुभयो ।

स्थानीय स्तरमा रहेका खेलाडीहरुको खेल क्षमता पहिचान गरि जिल्ला, प्रदेश र राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने उद्धेश्यसहित प्रतियोगिता सञ्चालन गरिएको क्लबका अध्यक्ष बीरबहादुर गडालले बताउनुभयो । क्लबले आगामी दिनमा पनि यस्ता प्रतियोगितालाई निरन्तरता दिने उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया जनाउनुहाेस्