बैतडी: बैतडीको सिगास गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरू भएको छ । बुधबार सिगास-२ स्थित अर्जुन मावी गाँजरीको खेलमैदान ९ औ पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरू भएको हो ।
प्रतियोगितामा पालिकाभरीका १५ ओटा माध्यमिक विद्यालयहरुको सहभागिता रहेको गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख रमेश प्रसाद भट्टले जानकारी दिनुभयो । प्रतियोगिता अन्तर्गत छात्र÷छात्रा भलिबल, छात्र÷छात्रा कबड्डी, एथलेटिक्स लगायतका खेलहरु सञ्चालन भइरहेका उहाँले बताउनुभयो । ।
कार्यक्रमको गाउँपालिका अध्यक्ष हरिसिंह धामीले पालिका स्तरीय राष्ट्पति रनिङ शिल्डले प्रतियोगिता युवा खेलाडीको
पहिचान गरि उनीहरुले खेलकौशल प्रदर्शन गर्ने थलो भएको बताउनुभयो । यसै प्रतियोगिताबाट जिल्ला र प्रदेशलाई प्रतिनिधित्व गर्ने खेलाडी उत्पादन भएको बताउदै आगामी दिनमा नव खेलाडीहरूका लागि पालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

यसैबीच गाउँपालिकाले सामुदायिक विद्यालयहरुमा दुई दिन सार्वजनिक बिदा दिएको छ । प्रतियोगिता सञ्चालन भइरहेकाले बिहीबार र शुक्रबार दुई दिन विद्यालयहरुमा बिदा दिएको हो ।
सिगास गाउँपालिका- २ का वडाअध्यक्ष ठगेन्द्र ऐरको अध्यक्षतामा सन्चालन भएको कार्यक्रममा प्रमुख अतिथी गाउँपालिका अध्यक्ष धामी रहनु भएको थियो । यस्तै बिशिस्ट अतिथीमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता हरिमोहन भण्डारी, गाउँपालिका प्रवक्ता अम्मर सिह धामी, जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख तर्कराज जोशी सहित निर्वाचित जनप्रतिनिधि, शिक्षक, अभिभावक, विद्यार्थी लगायतको उपस्थिती रहेको थियो ।




















