बैतडीः बझाङको बित्थडचिर गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगिता शुरु भएकोछ । सुनकुडा माध्यमिक विद्यालयको खेलमैदानमा आइतबार एक कार्यक्रमका बिच उद्घाटन गरिएको हो ।
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद बझाङको एकता र खेलकुद विकासका लागि प्रतिबद्धता” भन्ने नाराका साथ सातौँ पालिका स्तरीय राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगिता शुरु भएको शिक्षा शाखा प्रमुख नरेन्द्र धामीले जानकारी दिए । प्रतियोगितामा गाउँपालिका भित्रका ६ वटा माध्यमिक विद्यालयहरुको सहभागीता रहेको उनले बताए ।
गाउँपालिका स्तरीय रनिङ शिल्ड प्रतियोगिताबाट छनोट भएका उत्कृष्ट खेलाडीहरु समावेश गरि जिल्ला स्तरीय प्रतियोगिताका लागि टिम तयार गरिने गाउँपालिकाले जनाएको छ । प्रतियोगितामा छात्र÷छात्रा भलिबल, छात्र÷छात्रा कबड्डी, एथलेटिक्स लगायतका खेलहरु सञ्चालन भइरहका शिक्षा शाखा प्रमुख धामीले बताए ।
स्थानीय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता व्यवस्थापन निर्देशन समितिका संयोजक तथा वित्थडचिर गाउँपालिकाका सामाजिक विकास संयोजक दिनेश अधिकारीको सभाध्यक्षतामा सञ्चालनमा भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष धनलक्ष्मी सिंह मल्ल रहनुभएको थियो । यस्तै अन्य जनप्रतिनिधीसहित विभिन्न शाखामा कार्यरत शाखा प्रुमखहरुको पनि सहभागीता रहेको थियो ।




















