बैतडीकी जानकीले परपुरुषसँग मिलेर गरिन आफ्नै बच्चाको फिल्मीशैलीमा अपहरण, प्रहरीद्वारा उद्धार

Image

बैतडी,
बैतडीको पाटन नगरपालिका वडा नं ८ को रिसेडीमा आइतबार राती एक सबैलाई चकित पर्ने घटना घट्यो ।

५ महिना पहिले मात्रै ४ वर्षीय छोरा र श्रीमान छोडेर अर्कै पुरुषसँग गएकी भनिएकी २५ वर्षकी जानकी मडैले आफ्नै छोरालाई फिल्मीशैलीमा अपहरण गरिन् ।
जानकी हालका पति भनिएका भण्डारी थरका पुरुषसँगै एक अर्का पुरुषलाई पनि सँगै लिएर आइतबार दिउँसो खोड्पे पुगेकि थिइन् ।

आइतबार मध्यरातीसँम्म गाउँ नजिकैको मन्दिरमा बसेका उनिहरुले मध्यराती १२ बजेको समयमा ४ वर्षीय छोरालाई अपहरण गरेका थिए ।

जानकीका सासु, नन्द र ४ वर्षीय छोरा मात्रै थिए । उनका श्रीमान भारतमा छन् ।

आइतबार मध्यराती जानकीसँगैका भण्डारी थरका नयाँ पति भनिएका पुरुष र अर्का पुरुषले कोठमा रहेका चौपाया फुकाएर बाहिर निकाले । ४ वर्षीय छोरालाई सुतेको अवस्थामा छोडेर जानकीकी सासु र नन्द चौपाया बाध्नको बाहिर निस्किए । सोही मौकामा दुवै पुरुषसले जानकीकी सासु र नन्दलाई बाधेर गोठमा छोडे र सोही समयमा जानकीले छोरालाई लिएर भागिन् ।

नन्द र सासुले चिच्याहाट गरेपछि छिमेकीहरुले थहा पाए । त्यसपछि प्रहरीलाई खबर गरियो । इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक राजेन्द्र साउँदको नेतृत्वमा राती नै प्रहरी टोली खोज तलासमा खटियो । फलस्वरुप सोमबार दिउँसोको समयमा पाटन–२को बिनोडा टोलबाट बच्चासहित जानकीलाई प्रहरी नियन्त्रणमा लियो ।

प्रहरी निरीक्षक साउँदको नेतृत्वमा रातीदेखि नै प्रहरी खटिएको थियो ।

“बच्चा नै अपहरण भएको भन्ने खबर पाएपछि हामि तुरुन्तै गयौँ, कुनै अप्रिय घटना नहोस भनेर सबै ठाउँबाट अलर्ट थियौँ, सोमबार दिउँसो भने बच्चा सकुसल फेला पार्यौँ, ५ महिना पहिले नै घर छोडेर गएकी जानकीले फिल्मी सैलीमा अपहरण गरेको रहेछ ।” प्रहरी निरीक्षक साउँदले भने ।

अहिले जानकी प्रहरीको नियन्त्रणमा छिन् । ४ वर्षीय छोरालाई हजुरआमासँगै सुरक्षीत आवासगृहमा राखिएको छ ।

हालका श्रीमान भनिएका भण्डारी थरका पुरुष र अर्का पुरुष फरार छन् ।

यस घटनालाई न्यायीक निरुपणको लागि प्रहरीले आवश्यक कानुनी परामर्ष गरिरहेको छ । “आफ्नै आमाले छोरालाई लगेको हुनाले उनको अधिकार क्षेत्रभित्र पनि पर्यो भन्ने छ, हामि कानुनी परामर्षमा छौँ, बच्चाका बुवा पनि आउने भन्ने कुरा छ, थप दुई जनाको पनि खोजी हुदैछ, हेर्दै जाउ,” प्रहरी निरिक्षक साउँदले भने ।

जानकीले आफ्ना श्रीमान र छोरालाई छोडेर ५ महिना पहिले मात्रै भारतमा बस्दै आएका ती भण्डारी थरका पुरुषसँग बिहे गरेको बताइएको छ । तर अहिलेका पति भनिएका भण्डारीसँगको बिहेलाई कानुनीरुपमा पुष्टि गर्न सकिने स्थिति नरहेको प्रहरीको भनाइ छ ।

अहिले उनै पुरुषसँग मिलेर छोडेर गएका छोरालाई अपहरण गरी लगेपछि आफन्तहरुले अपहरण मुद्धा चलाउन माग गर्दै आएका छन् ।

प्रतिक्रिया जनाउनुहाेस्