क्रिकेटर लोकेश बम गृह जिल्ला डोटीमा सम्मानित

Image

क्रिकेटर लोकेश बम गृहजिल्लामा नगदसहित सम्मानित भएका छन् । शुक्रबार डोटीको बोगटान फुड्सिल गाउँपालिकाले क्रिकेट खेलाडी बमलाई सम्मान गरेको हो ।

समृद्ध बोगटान अभियानअन्तर्गत गाउँपालिकाले आयोजना गरेको ‘मातृभूमि महोत्सव’ कार्यक्रममा बमलाई नगद एक लाख ११ हजार ११ रुपैयाँसहित सम्मान गरिएको गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले जानकारी दिए ।

क्रिकेटमार्फत बोगटान फुड्सिल गाउँपालिकालाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन बमले महत्त्वपूर्ण भूमिका खेलेकाले प्रोत्साहनस्वरूप नगदसहित सम्मान गरिएको अध्यक्ष गड्सिलाले बताए ।

सम्मान ग्रहण गर्दै क्रिकेटर बमले पालिकाको मायाले आफू उत्साहित भएको प्रतिक्रिया दिए । डोटीको दुर्गम मानिने बोगटान फुड्सिल गाउँपालिका-२ जन्म घर भएका बमले थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।

धनगढी क्रिकेट एकेडेमीबाट हुर्किएका लोकेशले नेपालको यू–१९ टोली, घरेलु क्रिकेट हुँदै सिनियरबाट खेलिसकेका छन् ।

प्रतिक्रिया जनाउनुहाेस्