बैतडीको एक सामुदायिक विद्यालयले विद्यार्थीहरुलाई पुस्तक वितरण गरेको छ । जिल्लाको पाटन नगरपालिका ९ हुक्केडाँडास्थीत सिद्धेश्वर माविले विश्व पुस्तक दिवसको अवसरमा विद्यार्थीहरुलाई शैक्षिक सत्र २०८२ का लागि विद्यार्थीहरुलाई नयाँ पुस्तक वितरण गरेको हो ।
नयाँ शैक्षिक सत्र सुरु भएको डेढ हप्ता बढी भैसकेपनि शिक्षकहरुको आन्दोलनका कारण भर्ना अभियान सञ्चालन हुन नसकेकाले विद्यार्थीहरुको पढाइ बिग्रने भन्दै उनीहरुलाई पुस्तक वितरण गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम सिंह भाटले बताए । शैक्षिक सत्र २०८१ मा सोही विद्यालयमा अध्ययनरत तथा कक्षा उत्तिर्ण भएका बालबालिकाहरुलाई पाठ्यपुस्तक वितरण गरिएको हो । लामो समय विद्यालय बन्द हुँदा उक्त विद्यालयमा अध्ययनरत ६ जना विद्यार्थी निजी विद्यालयमा भर्ना भैसकेको विद्यालयले जनाएको छ ।
निजि बिद्यालयहरुले गाउँ गाउँ पुगेर सरकारी बिद्यालयका विद्यार्थी भर्नाका लागि लैजान थालेपछि कार्यालय सहयोगी, निजी शिक्षक, नगरस्वंमसेवक शिक्षक र अभिभावकको सहयोगमा किताब वितरण गरेको उहाँले जानकारी दिनुभयो । ‘शिक्षकका केही मागमा हामीले समर्थन गरेका छौ, २१ दिनसम्म सहयोग गरिएको हो । उनले भने ‘अब बिद्यालयलाई समस्या भएको छ, हामीसंग नगरस्वंसेव शिक्षक छन्, निजी स्रोतका छन उनीहरुको सहयोगमा किताब वितरण गरेका छौ।’
१५ गतेदेखी विद्यालयमा उपलब्ध जनशक्तिबाट निमयीत पठनपाठन गर्ने तयारी भैरहेको विव्यस अध्यक्ष भाटले जानकारी बताए ।
यस्तै सिगास माध्यमिक विद्यालय पाटन ३ गौरीसंकर पोखरीमा पनि बैशाख १३ गते विव्यस, शिसंघ, सल्लाकार समिति र शिक्षक कर्मचारीहरुको संयुक्त बैठक बोलाएर पठनपाठन सञ्चालनका छलफल गरिने उक्त विद्यालयका विद्यालय व्यवस्थपन समितिका अध्यक्ष समेत रहेका भाटले बताए ।




















