भुमिराज मावी ढोलेको विव्यस अध्यक्षमा बोहरा चयन

Image

बैतडी: बैतडीको सुर्नया गाउँपालिका-८ ढोलेस्थित भुमिराज माविको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा विरबहादुर बोहरा चयन भएका छन् । मंगलबार भएको अभिभावक भेलाबाट बोहरा सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् ।
शिक्षा नियमावलीको दशौं संशोधन र सुर्नया गाउँपालिका शिक्षा शाखाको परिपत्र अनुसार विद्यालयमा विद्यालय व्यवस्थापन समिति पुनगर्ठन गरिएको हो ।
उक्त समितिकोको सदस्यमा मान बहादुर बोहरा, कलावती बोहरा र भागरथी महरा चयन भएका विद्यालयका सूचना अधिकारी रमेश बहादुर बोहराले जानकारी दिनुभयो । यस्तै पदेन सदस्यमा वडासदस्य लालबहादुर बोहरा रहेका छन् ।
अध्यक्ष बोहराले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, अनुशासन, पारदर्शिता तथा समग्र विकासका लागि आफुले पहल गर्ने बताउनुभयो।

प्रतिक्रिया जनाउनुहाेस्