सुर्नयाको भलिबल प्रतियोगिताको प्रथम पुरस्कार व्यवसायी बिष्टले प्रायोजन गरे

Image

बैतडीको सुर्नया गाउँपालिकामा आयोजना हुन लागेको खुला पुरुष भलिबल प्रतियोगिताको प्रथम पुरस्कार व्यवसायी प्रेम बिष्टले प्रायोजन गरेका छन्।

सिगास माध्यमिक विद्यालय, मुसेरौटेमा अध्ययन गरेका भूतपूर्व विद्यार्थीसमेत रहेका बिष्टले प्रथम पुरस्कारबापतको २२ हजार २२२ रुपैयाँ सहयोग गरेको आयोजक समितिका प्रतिनिधि रोज भट्टले जानकारी दिए।

आफ्नो गाउँठाउँमा आयोजना हुने कार्यक्रममा सहयोग गर्नुपर्छ भन्ने उद्देश्यले प्रतियोगितालाई सहयोग गरेको बिष्टले बताएका छन्।

मुसेरौटेमा असोज २८ गतेदेखि सुरु हुने प्रतियोगितामा प्रथम हुने टोलीले २२ हजार २२२, द्वितीयले ११ हजार १११ र तृतीयले ६ हजार ६६६ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। विजेता टोलीलाई ट्रफी, मेडल र प्रमाणपत्रसमेत प्रदान गरिने आयोजकले जनाएको छ।

प्रतिक्रिया जनाउनुहाेस्