बैतडी, १८ भदौ: भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित भएका नागरिकहरुको सहयोगका लागि नेपाली कांग्रेस बैतडीले १ लाख १ हजार रुपैयाँ सहयोग गर्ने भएको छ ।
नेपाली कांग्रेस जिल्ला कार्यसमितिको बुधबार बसेको बैठकले भोटेकोशीमा आएको विनाशकारी बाढीबाट जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो । नेपाली कांग्रेस केन्द्रीय कार्यालयको राहत कोषमा उक्त रकम जमा गर्ने नेपाली कांग्रेस बैतडीका सचिव प्रेमबहादुर चन्दले बताए ।
यस्तै बाढीमा परेर बेपत्ता भएकाहरुको खोजी, उद्धार र राहत वितरण कार्यलाई प्रभावकारी बनाउन कांग्रेस बैतडीले सरकारसँग आग्रह गरेको छ ।
प्रतिक्रिया जनाउनुहाेस्















