बैतडी: बैतडीमा असार १९ गते भएको बस दुर्घटनामा घाइते वृद्धको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका पाटन नगरपालिका–२ का ८० वर्षीय रामदत्त पाण्डेको उपचारका क्रममा धनगढीस्थित मायामेट्रो अस्पतालमा मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिहका अनुसार गम्भीर घाइते पाण्डेको उपचारका लागि धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचार भैरहेको थियो ।
उपचारकै क्रममा विहीबार दिउँसो १:२२ बजे चिकित्सकले पाण्डेयलाई मृत घोषणा हुन् ।
धनगढीबाट बैतडी आउँदै गरेको सुपप्र ०१–००१ ख ३९६३ नम्बरको बस यहि असार १९ गते शुक्रबार दिउँसो साढे तीन बजेतिर पाटन नगरपालिका–८ गैराखानमा दुर्घटनामा परेको थियो ।
उक्त दुर्घटनामा चालकसहित २४ जना घाइते भएका थिए ।
प्रतिक्रिया जनाउनुहाेस्













