बैतडी: लगातार परेको वर्षाका कारण बैतडीको पाटन नगरपालिका–६ स्थित कृष्ण माध्यमिक विद्यालयको दुईतले भवन भत्किएको छ।
विद्यालयका प्रधानाध्यापक वीरेन्द्र केसीका अनुसार असार १६ गतेदेखि निरन्तर परेको वर्षाका कारण शुक्रबार बिहान करिब ९ः४५ बजे चारकोठे दुईतले भवन पूर्ण रूपमा भत्किएको हो।
घटना भएको समयमा भवनभित्र कोही नरहेकाले कुनै मानवीय क्षति नभएको प्रधानाध्यापक केसीले जानकारी दिनुभयो।
भवन भत्किएपछि विद्यालयको भौतिक संरचनामा ठूलो क्षति पुगेको छ। भवन भत्किएसँगै पठनपाठन सञ्चालनमा समेत समस्या उत्पन्न हुने देखिएको विद्यालयले जनाएको छ।
प्रतिक्रिया जनाउनुहाेस्













