बैतडीः बैतडीको सिगास गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि नीती तथा कार्यक्रम र बजेट गाउँसभामा पेश गरेको छ । गाउँसभाको १९ औँ अधिवेशनमा गाउँपालिका अध्यक्ष हरिसिंह धामीले नीति तथा कार्यक्रम गाउँसभामा पेश गरेका हुन् ।
पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि तथा पशुपालनलाई प्राथमिकता राख्दै गाउँपालिकाले सोमबार आगामी आर्थिक वर्षको नीती तथा कार्यक्रम सार्वजनिक गरेको हो ।
यस्तै गाउँपालिका उपाध्यक्ष धाना धामीले आगामी आर्थिक वर्षका लागि ५७ करोड बढीको अनुमानीत बजेट गाउँसभामा पेश गर्नुभएको छ । गाउँपालिकाले नीती तथा कार्यक्रममा मध्येनजर गर्दै गाउँपालिकाले ५७ करोड ५३ लाख २३ हजार बराबरको अनुमानित बजेट सार्वजनिक गरेको हो ।
गाउँपालिका अध्यक्ष हरिसिंह धामीले आज गाउँसभामा पेश गरिएको नीती तथा कार्यक्रम र बजेटमाथी सभामा मंगलबार र बुधबार बृहत छलफल गरिने र अषाढ १० गते बुधबार नै पारित गरिने बताउनुभयो ।













