बैतडी: प्रथम वडाअध्यक्ष कप १९ वर्षमुनिको क्रिकेट प्रतियोगिताको उपाधि आयोजक ‘ए’ ले हात पारेको छ ।
बझाङको वित्थडचिर गाउँपालिका-१ को आयोजनामा बुधबार भएको फाइनल खेलमा बुङ्गल नगरपालिका ‘४’ लाई पराजित गर्दै प्रतियोगिता उपाधि हात पारेको हो।
उपाधि बिजेता आयोजकले नगद ५५ हजार ५ सय ५५ रुपैयाँ नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ
भने उपविजेता बुङ्गल ‘४’ लाई २७ हजार ७ सय ७७ रुपैयाँ नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिएको वडासचिव कमल चन्दले जानकारी दिनुभयो । त्यस्तै बेस्ट ब्याटम्यान, बेस्ट बलर लाई पनि सम्मान गरिएको उहाँले बताउनुभयो ।
वैशाख १३ गतेदेखी पर्यटकीय क्षेत्र माथिल्लो वित्थड खेलमैदानमा प्रतियोगिता सन्चालन भएको थियो ।
युवा खेलाडीहरूको प्रतिभा पहिचान खेल क्षमता विकासका लागि यस्ता महत्त्वपूर्ण भुमिका खेल्ने र यस्ता प्रतियोगिता निरन्तरता वडाअध्यक्ष मानबहादुर बोहराले बताउनुभयो ।




















